Skip to main content

Khabar Samachar

Search
Close this search box.

चुनावी गठबन्धनको विपक्षमा गगन थापा

204
VIEWS

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उनले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताए ।

‘म चुनावी गठबन्धनको पक्षमा छैन। गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिँदैन’, उनले बैठकमा भने, ‘देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी?’

महामन्त्री थापाले अहिले माओवादी केन्द्रको हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीको कलम चुनाव चिन्हमा भोट हालेको कांग्रेस कार्यकर्ताले भविष्यमा रुखमा भोट नहाल्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित