Khabar Samachar

१ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो

202
VIEWS

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो।

‘म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९’ अनुसार स्वयं उपस्थित भई आवेदन दिनका लागि अनुरोध गरिएको छ।

आगामी भदौ ३० देखि असोज ६ गतेसम्म बिहान १० देखि ५ बजेभित्रको समयमा दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। जिल्ला प्रहरी परिसर(काठमाडौं, ललितपुर, भक्तपुर) र सबै जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम पाउने जनाइएको छ।

असोज ९ देखि असोज १४ सम्म छनौट प्रारम्भ हुने बताइएको छ भने असोज २५ मा नतिजा प्रकाशित हुने छ। असोज ३० देखि कार्तिक ८ सम्म म्यादी प्रहरीको तालिम हुने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित