Khabar Samachar

महाबौद्धको गल्लीमा महानगरको अनुगमन

207
VIEWS

काठमाडौंको व्यस्त रहने महाबौद्ध क्षेत्रको गल्लीमा सडक मिचेर राखिएको मिनी मार्केटका व्यवसायीले सडकमा सामग्री राखेको पाइएमा कारबाही गर्ने भन्दै महानगरले अनुगमन गरेको छ ।

उक्त क्षेत्रका बहाल र चोकहरुमा राखिएको पसलहरु पनि बुधबार नै महानगर प्रहरीले हटाएको छ । गल्लीमा रहेका पसलहरुले टेको लगाएर, भर्‍याङ राखेर, पाली हालेर राखेको सामग्रीहरु बुधबार नै महानगरले हटाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

‘महाबौद्ध, ओटु क्षेत्रका साना गल्लीमा मान्छे नै हिंड्न नसक्ने गरी राखिएका होलसेल पसल, चाइनिज मार्केट, मिनी मार्केटले अनधिकृत मिचिरहेका थिए । उनीहरुलाई तत्काल हटाएर गल्लीको क्षेत्रमा पर्ने स्थानमा कुनै पनि व्यापार गर्न नपाउने भनेर सम्झाएका छौं’, उनले भने ।

पाण्डेले कार्यान्वयनको अवस्था भोलि बिहीबार अनुगमन गरिने उनले बताए । भने, ‘नगर प्रहरीले नै उनीहरुको सामान पसल भित्र नै राखेर भोलिदेखि यस्तो नगर्न हात जोडेर आएका छौं । यदि फेरि त्यस्तो गरेको पाइएमा महानगर प्रहरीले जफत गर्नेछ, ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित