काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका टहरामा डोजर चलाएको छ। शुक्रबार (३१ भदौ) मा महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेका फुटपाथ मिचेर बनाएका संरचनामा डोजर लगाएको प्रहरीले बताएको छ।
बैंक अफ काठमाडौं रहेको सूर्य उजेली भवनको बेसमेन्ट खुलाउनका लागि डोजर चलाएको हो। महानगर प्रहरीका अनुसार यसअघि नै सो भवनमा बेसमेन्ट खुलाउनका लागि सूचना गरिएको थियो। तर, अटेर गरेपछि शुक्रबार डोजर लगाइएको प्रहरीले जनाएको छ।
डोजर चलाउँदा केहीबेर प्रहरी र स्थानीयबीच धरपडक समेत भएको थियो।
यसअघि दिएको ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले टहरा भत्काउने कामलाई तिव्रता दिएको छ।
आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।
Discussion about this post