Khabar Samachar

Search
Close this search box.

एमालेले टुंग्यायो समानुपातिक सूची, प्रतिनिधि सभामा ५७ जना महिलासहित ११० जनाको नाम तय

212
VIEWS

नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । आज बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले ११० जना उम्मेदवारको नाम टुंगो लगाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ।

एमालेले टुंगो लगाएको सूचीमा ५७ जना महिला रहेको गुरुङले बताए। आदिवासी जनजातितर्फ ३२ जना (१६ महिला र १६ पुरुष), खस आर्यतर्फ ३४ जना (१७ महिला र १७ पुरुष), थारुतर्फ ७ जना (४ महिला र ३ पुरुष), दलिततर्फ १५ जना (८ महिला र ७ पुरुष), मधेसीतर्फ १७ जना (९ महिला र ८ पुरुष), मुस्लिमतर्फ ५ जना (३ महिला र २ पुरुष) गरेर महिला ५७ जना हुने गरेर ११० जना समानुपातिक तर्फको उम्मेदवारहरुको नाम तयार गरेको उनले बताए।

सम्बैधानिक प्रावधानबमाेजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाकाे नाम छनाेट भएकाे हाे । प्रतिनिधसभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएकाे गुरुङले जानकारी दिए । यस्तै प्रदेशसभाका लागि २२० जनाकाे नाम पारित गरिएकाे छ। एमालेले भाेलि निर्वाचन आयाेगलाई सूची बुझाउने छ ।आज पारित सूचीमा थोरै तलमाथि हुन सक्ने गुरुङले बताए । तर, ठूलो हेरफेर नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित