Khabar Samachar

बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

201
VIEWS

अञ्जन विष्टको ह्याट्रिक प्रेरित बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ३–१ गोलको नतिजामा विजयी भएको छ ।

दशरथ रङ्गशालामा सम्पन्न खेलमा नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक गरे । बङ्गलादेशका टुटुल हुसेनले सान्त्वना गोल फर्काए ।

कप्तान जमल भुयानले खेलको १७औँ मिनेटमा आर्कबाट हानेको फ्रीकिक क्रसबारमा लागेर बाहिरिएसँगै बङ्गलादेशले अग्रता लिने अवसर गुमाएको थियो ।

खेलको १८औँ मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले सुन्दर गोल गरेका थिए ।

यस्तै, खेलको २८औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बङ्गलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए ।

अञ्जनले ३८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । विशाल राईले प्रहार गरेको फ्रिकिमा पेनाल्टी एरियाभित्रबाट फ्री हेडरमार्फत अञ्जनले उत्कृष्ट गोल गरेका थिए ।

डिफेन्डर तेज तामाङले ५३औँ मिनेटमा पेनाल्टी बक्स भित्रबाट हानेको प्रहार नेपालले उपयोग गर्न सकेन ।

टुटुल हुसेनले ५७औँ मिनेटमा गोल गर्दै बङ्गलादेशका लागि सान्त्वना गोल गरे । त्यसबाहेक पनि बङ्गलादेशले खेलमा थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो ।

पहिलो हाफमा बनाएको अग्रतालाई अन्त्यसम्म कायम राख्दै नेपालले उत्कृष्ट जित निकाल्यो । अञ्जनले आजको खेलमा ह्याट्रिक गरेसँगै अन्तर्राष्ट्रिय गोल संख्या १० पुर्‍याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित