Skip to main content

Khabar Samachar

Search
Close this search box.

शेखर कोइरालाले आयोजना गरे चियापान

202
VIEWS

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

आज बिहानको चियापान कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी छन् ।

यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।

चियापानको यो कार्यक्रमलाई पनि शेखर पक्षले खबरदारीकै निरन्तरता भनेको छ ।आगामी निर्वाचनको सिट बाँडफाँटमा सम्मानजनक रुपमा टिकट पाउनुपर्ने माग गर्दै आएको शेखर पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो । पार्टी कमिटीहरुमा सम्मानजनक स्थान नपाएको भन्दै शेखर पक्षले विभिन्न कार्यक्रम गरी विरोध जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित