Khabar Samachar

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु

201
VIEWS

काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले  जानकारी दिए ।

मृतक काभ्रे धुलिखेल नगरपालिका-१२ घर भई ध्यानकेन्द्र बस्ने ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीय रेखा र डेढ वर्षीया छोरी सारफी तीन वर्ष यता चन्द्रागिरीमा घर बनाएर बस्दै आएका थिए।

पहिरोले उनीहरू बसेको कच्ची घर बगाएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उनीहरूको शव बिहान ६ बजे निकालिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित