Khabar Samachar

एमालेसँग गठबन्धन टुंग्याउन राप्रपाका शीर्ष नेताहरू बालकोटमा

203
VIEWS

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन् । अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरलाई दिएको जानकारी अनुसार बालकोट जाने नेताहरूमा लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ छन् । ‘चुनावमा कसरी मिलेर सहकार्य गर्न सकिन्छ भन्नेबारे नै आजको बैठक तय भएको हो,’ श्रेष्ठले बताए ।

पार्टीका अर्का नेता रवीन्द्र मिश्र भने आजको बैठकमा सहभागी छैनन् । यसअघि एमाले र राप्रपाबीच एमाले उम्मेदवार उठेको ठाउँमा राप्रपाले र राप्रपा उम्मेदवार उठेका ठाउँमा एमालेले सहयोग गर्नेगरी अनौपचारिक समझदारी भइसकेको स्रोतले बतायो ।राप्रपाले विशेषगरी अध्यक्ष लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा,  दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन चाहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित