नेकपा एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन नगर्ने भएको छ ।
थापा एमालेको समर्थनमा मकवानपुर १ बाट उम्मेदवार हुन चाहन्थे । तर एमालेले प्रतिनिधिसभा दुबै र प्रदेशसभाको चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जिल्ला ईन्चार्ज रामेश्वर रानालाई टिकट दिएको छ । प्रदेशसभातर्फ कमा कमल विष्ट र ख मा जिल्ला अध्यक्ष एकलाल श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।
क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा महेश बर्तौलाले टिकट पाएका छन् । उनी प्रदेश सहसचिव हुन् । प्रदेशसभातर्फ कमा विष्णु ढकाल र खमा जिल्ला उपाध्यक्ष लालबहादुर थापालाई टिकट दिइएको एक नेताले जानकारी दिए ।
Discussion about this post