Skip to main content

Khabar Samachar

Search
Close this search box.

पाल्पामा ठाकुर गैरेलाई पहिलो पटक अवसर,सबै नयाँ उम्मेदवार

233
VIEWS

प्रतिनिधि सभा र प्रदेश सभा तर्फ एमालेले पाल्पामा नयाँ उम्मेदवार तय गरेको छ।  प्रतिनिधि सभातर्फ पाल्पा क्षेत्र नम्बर १ बाट नारायण आचार्यले टिकट पाएका छन्। यसअघि उनी १ ख बाट प्रदेश सभाको सांसद थिए।  प्रदेश सभाबाट प्रतिनिधि सभामा जान एमालेले उनलाई टिकट दिएको हो।

क्षेत्र नम्बर २ मा ठाकुर गैरेले टिकट पाएका छन्। अनेरास्वियुका पूर्व अध्यक्ष गैरे पहिलो पटक जनतामाझ परीक्षणको मौका पाएका छन्। यस अघि यो क्षेत्रबाट सोमप्रसाद पाण्डे निरन्तर उम्मेदवार बनेका थिए। पाण्डे एकीकृत समाजवादीमा गएपछि ठाकुरले मौका पाएका हुन्। प्रदेश सभातर्फ पनि पाल्पामा एमालेले कुनै उम्मेदवार दोहोर्याएको छैन। प्रदेशसभा तर्फ १ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारु, २ (क) पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित