Khabar Samachar

कमल थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट एमालेबाट दिए उम्मेदवारी

205
VIEWS

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् । थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा छन् । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले एमालेबाटै उम्मेदवारी दिनु परेको हो ।

तालमेल अनुसार थापाले मकवानपुर–१ मा एमालेबाटै उम्मेदवारी दिनु परेको हो । जिल्लाका अन्य सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित