Khabar Samachar

निर्वाचनपछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने पालो अब मेरै हो – प्रकाशमान सिंह

209
VIEWS

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा लगातार चौथो पटक निर्वाचन जित्ने लक्ष्यका साथ चुनावी मैदानमा रहेका उनले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका हुन् ।

पत्रकार सम्मेलनपछि सिंहले प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताए । भावी प्रधानमन्त्रीमा कांग्रेसबाट तपाईँको दाबी हो की होइन भन्ने प्रश्नमा उनले घुमाउरो ढंगबाट जवाफ दिए ।

पहिले सांसद निर्वाचित भएपछि मात्रै यो विषयमा खुलेर भन्न सकिने उल्लेख गर्दै उनले आफूसँग प्रधानमन्त्रीका लागि आवश्यक ‘योग्यता’ भएको बताए ।

उनले भने, ‘हरेक कुराको समय आएपछि डिसाइड हुन्छ । संसदीय अभ्यासमा पहिले सांसद चुन्नुपर्‍यो । त्यसपछि संसदीय दलको बैठक बस्छ । त्यसमा देशभरिबाट आएका सांसदका बीचमा अहिलेको समयमा कसलाई नेतृत्व दिने भन्ने हुन्छ । त्यो समयमा हुने हो । क्राइटेरिया हेर्ने हो भने म पटक पटक मन्त्री भएर उपप्रधानमन्त्री, सांसद भइसकेको मान्छे हु नि त । संसद्मा उप नेता भएका मान्छे हुँ । ७४ को निर्वाचनपछि म त दलको नेतृत्वको लागि प्रतिस्पर्धा गरेको व्यक्ति हुँ नि त । अब त्यसैबाट अनुमान लगाउनुहोस् ।’

आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताउँदै आएका सिंहले त्यसैका लागि काठमाडौं १ बाट पुनः चुनावी अभियानमा रहेको भन्दै मत माग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित