Khabar Samachar

चुनावी तालमेलको निर्णय केन्द्रबाट नगरौं: शेखर कोइराला

208
VIEWS

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले चुनावी गठबन्धनको निर्णय केन्द्रबाट गर्न नहुने बताएका छन्।

केन्द्रले गठबन्धन निर्णय गर्दा कार्यकर्ताले मानेनन् भने के गर्ने भन्ने प्रश्न उठ्न सक्ने उनले बताए।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले किन गठबन्धन गर्न लागिएको हो भन्ने प्रश्नसमेत राखेका थिए।

‘गठबन्धन केका लागि? किन गर्ने?,’ कोइरालाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गठबन्धन गर्नतिरभन्दा बरू कांग्रेस नै एक गर्न लागौं, यसमै फाइदा छ।’

गठबन्धनबाट भन्दा पनि एक्लै चुनावमा होमिनुपर्ने धारणा राखेका थिए।

सभापति शेरबहादुर देउवाले सत्तारूढ पाँचदलीय गठबन्धनबीच चुनावी तालमेल गरेर जानुपर्ने बताइरहेका छन्। गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा गठबन्धन गर्नुपर्ने र गर्न नहुनेमा नेताहरूले धारणा राखिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित