Khabar Samachar

नागार्जुनमा जुवा खालबाट पौने ४ लाखसहित १८ जना पक्राउ

206
VIEWS

काठमाडौंको नागर्जुनमा जुवा खालबाट १८ जना नगदसहित पक्राउ परेका छन् ।

गयराति नागर्जुन नगरपालिका-७ स्वीजरल्याण्डपार्कनजिकै उदयराज पुरीको दहचोक सिटी भ्यू रिसोर्टमा जुवा खेल्दै गरेका १८ पुरुषलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट ३ लाख ८२ हजार ५ सय ९५ रूपैयाँ नगद, १५ बुक तास र कौडा बरामद भएको बताइएको छ ।

पक्राउ परेकालाई प्रहरी वृत्त स्वयम्भूमा हिरासतमा राखी अनुसन्धान सुरू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित