Skip to main content

Khabar Samachar

Search
Close this search box.

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट

204
VIEWS

 

कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विस्फोट हुँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार शनिबार बिहान करिब ८ बजे बम विस्फोट भएको हो।

 

कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बम विस्फोटबाट स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको खबर आएको नेपालखबरलाई जानकारी दिए।

यस्तै, घाइते हुनेहरुमा ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएका शर्माले बताए।

घाइतेहरूलाई गृह मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको छ। गृहमन्त्री बालकृष्ण खाँणले घाइते बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका थिए।

घाइते बालबालिकाको अवस्था गम्भीर रहेको प्रजिअ रामहरि अधिकारीले बताए।

प्रजिअ रामहरिले अनुसार कस्तो खालको बम हो, कसले र किन राखेको हो भन्नेबारे कुनै जानकारी नभएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित