एनआरएनएका अध्यक्षत्रयले सम्हाले नेतृत्व

210
VIEWS

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षहरू कुल आचार्य, डा. बद्री केसी तथा रबिना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् । निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरूलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए । आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित