Khabar Samachar

देउवासहित कांग्रेसका अधिकांश नेता चुनावी तालमेलको पक्षमा

203
VIEWS

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पार्टीका अधिकांश नेता चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा उभिएका छन्।

गत शुक्रबारदेखि सोमबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकमा बोलेका अधिकांश नेताहरूले सत्तारूढ पाँचदलीय गठबन्धनलाई नै चुनावसम्म कायमै राख्नुपर्ने बताएका थिए।

चुनावी तालमेलको ढाँचालगायत विषयमा आज अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले निर्णय गर्नेछ। कांग्रेसले अरू दलसँग चुनावी तालमेल गरेर जाने सैद्धान्तिक निर्णय गर्ने सम्भावना छ।

सभापति देउवा चुनावी तालमेलको पक्षमा छन्। उनीनिकट नेताहरू पनि तालमेलकै पक्षमा उभिए। केन्द्रीय कार्यसमितिमा सभापति देउवा पक्षधरको बाहुल्यता छ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायत भने गठबन्धन गरेर जान नहुनेमा छन्। तर वरिष्ठ नेता रामचन्द्र पौडेल भने अहिलेको सत्तागठबन्धनलाई कायमै रहने गरी चुनावी तालमेलका पक्षमा देखिएका छन्। उनले एमालेलाई बलियो हुने वातावरण तयार गर्न नहुनेमा सबै सचेत रहनुपर्ने बताएका थिए।

ठबन्धन गर्नुको औचित्य प्रष्ट पारेर, दलहरूले पछि धोका नदिने प्रतिवद्धतासहित गठबन्धन गरेर जाने पक्षमा कांग्रेसका अधिकांश नेता छन्। गठबन्धन गर्दा सबै सिट जित्न सजिलो हुने सभापति देउवा बताउँछन्।

कांग्रेसले ०७४ मा आफूले जितेका क्षेत्र लिएर नेकपा एमालेले जितेका क्षेत्रमा पाँचदलीय गठबन्धनबाट साझा उम्मेदवार खडा गर्ने गरी चुनावमा जाने रणनीति लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित