Khabar Samachar

अवैध लागूऔषध सहित पक्राउ

200
VIEWS

सिरहा, गोलबजार नगरपालिका-५ बस्ने ३२ वर्षीय अरूण कुमार साहलाई नियन्त्रित लागूऔषध ६ सय ट्याब्लेट नाईट्राभेट र इन्जेक्सन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अरूणले आफ्नै घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध, इन्जेक्सन लगायतका सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित