Khabar Samachar

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरामा

201
VIEWS

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुरा पुगेका छन्।

मंसिर ४ मा हुने चुनावका लागि देउवा डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार छन्। देउवा चुनावी प्रचारप्रसारका लागि आयोजित आमसभालाई सम्बोधन गर्न आज डडेल्धुरा पुगेका हुन्। उनी बुधबार काठमाडौंबाट धनगढी गएका थिए।

प्रधानमन्त्री देउवाले कात्तिक २० गतेसम्म डडेल्धुराका विभिन्न पालिकामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा डडेल्धुरा पुग्दा उनलाई स्वागत गर्न स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि फूलमाला लिएर बसेका थिए।

प्रधानमन्त्रीसमेत रहेका देउवाको चुनावी भाषण सुन्न नेपाली कांग्रेससहित अन्य दलका कार्यकर्ता र सर्वसाधारण पनि सभास्थलमा जम्मा भएका छन्।

देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन्। उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन्।

देउवालाई स्वागतका लागि सयौँ कांग्रेस कार्यकर्ता सभास्थलमा जम्मा भएका थिए। उनीसँग भिड्न पुगेका सागर ढकाल पनि स्वागतका लागि लामवद्ध देखिन्थे।

देउवाले आज अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

यस्तो कात्तिक १८ गते बिहान ११:३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, कात्तिक १८ मै दिउँसो २:१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

यस्तै कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभामा देउवा पुग्नेछन्।

यस्तै कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई सम्बोधन गरी देउवाले चुनावी प्रचारप्रसारको काम गर्ने डडेल्धुरा कांग्रेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित