Skip to main content

Khabar Samachar

Search
Close this search box.

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

200
VIEWS
काठमाडौं, आफ्नै  श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका-१३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको  छ ।

घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित