Khabar Samachar

Search
Close this search box.

कालीगण्डकीमा हामफालेर हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता

375
VIEWS

गुल्मी र स्याङ्जाको संगमस्थल कालीगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।

स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालीगण्डकी गाउँपालिका-१ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए।

उनका अनुसार शुक्रबार बिहान टेकराजले करिब ११ बजेको समयमा कालिगण्डकीमा हाम फालेका थिए। त्यसपछि उनी बेपत्ता भएका हुन्।

मिर्मी आधिमुहान ड्यामको पानी छोडिएकोले बेपत्ताको खोजी गर्न गाह्रो भएको स्थानीय सुमन पाण्डेयले जानकारी दिए।

बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित