Skip to main content

Khabar Samachar

Search
Close this search box.

अब अर्थतन्त्रले गति लिन्छ–अर्थमन्त्री शर्मा

226
VIEWS

काठमाडौं–अर्थमन्त्री जर्नादन शर्माले गठबन्धन सरकारको तर्फबाट पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष ०७८÷७९को बजेटलाई विस्थापित गर्दै प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्ष ७८÷७९का लागि बजेट ल्याएका छन् । बजेटको सरोफेरोमा रहेर अर्थमन्त्रीको सचिवालयले तयार गगरेको शर्माको अन्तवार्ता ः

पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त होला ?  कोरोनाले रोजगारी गुमाई संकटग्रस्त अवस्थामा पुगेका,  एकदमै पिँधमा रहेका गरिबहरुलाई स्थानीय तहमार्फत मापदण्ड बनाएर बितरण गरिन्छ । वास्तविक पीडितहरुको हातमा पुग्नेगरी मापदण्ड बनाइन्छ । यसले सांकेतिक रुपमा भएपनि केही न केही राहत महशुस गराउनेछ । नेपालमा यो यसरी लक्षित वर्गको हातमा एकैचोटी रकम स्थानान्तरण भएको यो पहिलो पटक हो । पारदर्शी र निष्पक्ष हिसावले वितरण हुनेछ ।

एकातिर राजश्व छुट दिने अर्कोतिर राजश्वको लक्ष बढाउने अन्तरविरोधी भएन र ? स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापनको लक्षमा सहयोग पु¥याउने खालका उद्योगहरुलाई छुट दिएको हो । उत्पादनमूलक उद्योगहरुलाई प्रोत्साहन दिँदा राजश्व पनि बढ्छ । दीर्घकालिन हिसावले देशलाई फाइदा हुन्छ । राजश्व वृद्धि गर्ने अन्य उपायहरु पनि छन् । करको दायरा विस्तार गरेर भएपनि राजश्व वृद्धिको लक्ष पूरा गर्न सकिन्छ ।

उद्योगमा लगानीको स्रोत नखोज्ने व्यवस्था गरेर अनियमित ढ्रगले कमाएको सम्पत्तिलाई शुद्धीकरण गर्न खोजेको जस्तो देखियो नि ? जुनसुकै लगानीको कुरा गरेको हैन । भ्रष्टाचारको माध्यमबाट, तस्करीको माध्यमबाट आर्जन गरेको सम्पत्ति लगानी गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था रहेको छ । त्यो कुरामा सरकार सचेत छ । त्यसो हुन दिइदैन ।

सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने नीति आएछ, यसो गर्दा जनताको सम्पत्ति दुरुपयोग हुने खतरा अझ बढ्दैन र ? सहकारी क्षेत्रमा थुप्रिएको पुँजीलाई विद्यमान कानुनी व्यवस्थाले लगानीको लागि ढोका खोलेको छैन । सहकारीसँग भएको ठूलो पुँजी उत्पादनको क्षेत्रमा लगानी भयो भने त्यसबाट रोजगारी सृजना हुनुको साथै राष्ट्रिय पुँजी निर्माणमा योगदान हुनसक्छ । उत्पादन वृद्धि भयो भने आयात प्रतिस्थापन गर्न र व्यापार घाटा कम गर्न समेत टेवा पुग्नसक्छ । यसको कार्यान्वयनको लागि आवश्यक कानुनी प्रवन्ध गर्ने भनिएको हो ।

रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने भन्ने कुरा सुन्न थालेको एक दशक पुग्न लाग्यो तर कहिल्यै कार्यान्वयनमा आउन सकेन, अहिले आउछ भन्ने के ग्यारेन्टी छ ? हाल रेमिट्यान्सको ९० प्रतिशतभन्दा बढी उपभोगमा खर्च भइरहेको देखिन्छ । जसले गर्दा देशको उत्पादन वृद्धि हुन सकेन र नयाँ रोजगारी पनि सृजना हुन सकेन । विदेशमा कमाएको पंैसा जति दैनिक उपभोग र विलासितामा खर्च हुने ग¥यो । तर अब त्यो प्रवृत्ति बदल्छौं । रेमिट्यान्सको ३० प्रतिशत हिस्सा उत्पादनमूलक क्षेत्रमा लगाउने गरी आवश्यक व्यवस्था गर्छौ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा वैदेशिक ऋण लिने तर विगतमा झैं झारपात उखेल्ने काममा खर्च गरेर देश उँभो लाग्छ त ?  विगतमा त्यस्तो भएको भएपनि यो सरकारले त्यस्तो हुन दिनेछैन । उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम बनाइन्छ । रोेजगगार कार्यक्रमको पैसा झारपात उखेल्न खर्च हुँदैन ।  केही न केही उत्पादन पनि हुने र बेरोजगारहरुलाई रोजगारी पनि मिल्ने मोडालिटीमा त्यो रकम खर्च गरिन्छ ।

राजनैतिक परिवर्तनका आन्दोलनमा मारिएका परिवारहरुलाई मासिक तीन हजार भत्ता बाँड्ने कार्यक्रमले राज्यकोषमा अनावश्यक दायित्व थपेको देखिन्छ । भोलि यो बढ्दै जान्छ, कसरी धान्नसकिन्छ ? तपाई हामी अहिले जुन राजनीतिक व्यवस्थामा छौं, यो ल्याउनको लागि कयौंले प्राण दिएका छन् । उनीहरुका परिवारलाई राज्यले निराश पार्नु न्यायसंगत हुँदैन । परिवर्तनको आन्दोलनमा योगदान गरेका, ज्यानको बलिदान गरेका आस्रित परिवारहरुको संरक्षण गर्ने दायित्व राज्यको हो । यही दायित्वबोध गरेर हामीले थोरै सम्झन खोजेको मात्र हो । राज्यले हामीलाई सम्झेको रहेछ भन्ने कुराको महशुस गराउनु र उनीहरुलाई निराश हुन नदिनु हामी सवैको कर्तव्य हो । राज्यको सम्झनास्वरुप मासिक तीन हजार उपलब्ध गराउने भनिएको हो । सामाजिक सुरक्षा कोषलाई आत्मनिर्भर बनाएर उक्त दायित्व घटाउन गर्न सकिन्छ । हामीले सामाजिक सुरक्षा कोषमा राज्यको कोषबाट पैंसा हालिरहनु नपरोस भनेर कोषलाई आत्मनिर्भर बनाउने योजना पनि बनाइरहेका छौं ।

ठूला बडाले चढ्ने महंगा कारमा कर बढाउनुपर्नेमा सर्वसाधारण चढ्ने मोटरसाईकलमा कर बढाउनुभएछ । यो कस्तो खालको नीति हो ?  खासमा यो आयात प्रतिस्थापनसँग जोडिएको विषय छ । कच्चा पदार्थ मात्र आयात गरी स्वदेशमै मोटरसाईकलहरु, गाडीहरु स्वदेशमा एसेम्बल्ड गरेर सुलभ दरमा उपभोग गर्न पाइयोस् भन्ने उद्देश्यले यस्तो गरिएको हो । विद्युतीय गाडीहरु, विद्युतीय बसहरु स्वदेशमै उत्पादन होउन् भन्ने आशय हो । स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यमा आधारित भएर यसो गरिएको हो । तत्काल केहीलाई असर परेको देखिए पनि दीर्घकालीन हिसावले राष्ट्रको हितमा निर्णय गरिएको हो ।

स्रोत सुनिश्चित नभएका १४०० सडक आयोजना स्थगित गर्नुभएछ । मन्त्रीको दवावमा कस्ता कस्ता काम हुने रहेछन भन्ने कुरा बुझ्ने मौका पाइयो । हाम्रो कर्मचारीतन्त्र पनि कस्तो रहेछ मन्त्रीले जे भन्यो खुरुखुरु त्यही मान्दिने ? यस्तो पनि हुने रहेछ भन्ने कुरा मैले पनि पहिलो पटक थाहा पाएँ अर्थमन्त्रालयमा आएर । मैले भन्दिएर तपाईले पनि थाहा पाउनुभयो । अब त्यस्तो नगरौं भन्ने कुरामा अर्थमन्त्रालयको अहिलेको टीम सचेत छ । त्यही कारण नै हामीले स्रोत विनाका आयोजना स्थगित गर्ने गरेका हौं । वित्तीय अनुशासन कायम गर्ने दिशामा यो निर्णयले महत्वपूर्ण काम गर्नेछ भन्ने विश्वास छ ।

प्रतिस्थापन विधेयकमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष राख्नुभएको रहेछ, यो पूरा हुन्छ भन्ने कुरामा विश्वास गर्न सकिएन । यसमा के भन्नुहुन्छ ? तपाईले अहिले विश्वास गर्नु पनि पर्दैन किनकि काम भएपछि विश्वास गर्ने हो । हामी काम गरेर देखाउने पक्षमा छौं । अहिले तपाईको कुरा ठिकैछ । लक्ष प्राप्त भएपछि आफै विश्वास गर्नुहुनेछ । अब अर्थतन्त्रले गति लिन्छ ।

शिक्षा क्षेत्रमा पढ्दै कमाउदै कार्यक्रम अघि सारिएको छ । यो कस्तो खाले कार्यक्रम हो ? अहिले हरेक प्रदेशमा ४÷४ वटा विद्यालयमा नमूनाको रुपमा यो कार्यक्रम संचालन गर्ने लक्ष राखिएको छ । प्राविधिक र व्यवसायिक शिक्षाको परिणामुखी अभ्यास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । सुर्खेत लगायत देशका केही स्थानहरुमा यसको व्यवहारिक अभ्यास भइरहेको छ । त्यो सफल पनि छ । त्यसैलाई नीतिमा रुपान्तरण गरेर देशभर विस्तार गर्न खोजिएको हो । विद्यार्थीहरुले सैद्धान्तिक कुराको सिक्नुको साथसाथै उत्पादनका काममा सरिक भएर आय आर्जन गर्ने मोडालिटी हो ।

मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने भनिएको रहेछ । के यो संभव छ ?  यसलाई सम्भव तुल्याउने गरी योजना तयार भइरहेको छ । पुँजीगत खर्च बढाउने गरी सोचिएको हो । यो हामी गरेर देखाउछौं । अहिले यसमा धेरै भन्नुभन्दा पनि काम भएपछि देखिनेछ । (अर्थमन्त्रालयमा आयोजना भएको पत्रकार सम्मेलनमा अभिव्यक्त विचार र सचिवालयमा भएको छलफलमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित