Skip to main content

Khabar Samachar

Search
Close this search box.

बुलेट बाइकको लेगगार्डमा तरवार राखेर टिकटक बनाउने दुई जना हतियारसहित पक्राउ

204
VIEWS

मोटरसाइकलको लेग गार्डमा लुकाएर राखेको अवस्थामा धारिलो हतियार तरवारसहित २ जना पक्राउ परेका छन् ।

आइतबार राति ८ बजे बालाजुबाट बुलेट बाइककाे लेग गार्डमा फिटिङ्ग गरिएको धारिलो हतियार तरवार र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं नागार्जुन नगरपालिका-२ सानो भर्‍याङका २३ वर्षीय दिपेश महर्जन रदोलखा मेलुङ्ग गाउँपालिका- ६ स्थायी घर भई हाल काठमाडौंको स्वयम्वु बस्ने २२ वर्षीय श्रवण लामा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले बा. ५१ प. ४६३९ नम्बरको बुलेट मोटरसाइकल र मोटरसाइकलको लेग गार्डमा जडित दुई फिट साढे दुई ईन्च लम्बाई भएको धारिलो हतियार (तरवार) बरामद गरेको छ ।

उनीहरुले  साेही मोटरसाइकलको लेग गार्डबाट धारिलो हतियार तरवार झिकेको भिडियो खिचेर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेका थिए ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा अन्तर्गत मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति समेत लिएर प्रहरी वृत्त, बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित