Khabar Samachar

कांग्रेसले गर्‍यो बागी र सहयोगीलाई कारबाही

202
VIEWS

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंसिर ४ को चुनावमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवार दिएका थप नेताहरूमाथि कारबाही गरेको छ।

कांग्रेसले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावमाथि कारबाही गरेको छ।

कांग्रेसले बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई ५ वर्ष पार्टीबाट निकाल्ने निर्णय गरेको छ।

महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई पार्टीबाट हटाइएको अनुशासन समितिले जनाएको छ।

कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइराला सहित नेताहरूलाई निस्कासन गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित