Khabar Samachar

थुनामुक्त गर्न माग गर्दै अभिनेता पल शाहद्धरा उच्च अदालत पोखरामा पुनरावेदन

209
VIEWS

थुनामुक्त गर्न माग गर्दै अभिनेता पल शाहद्धरा उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन । बलात्कारको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका अभिनेता पल शाहलाई थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन्। जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा पुगेको शाहका वकिल बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए।

‘हामी अहिले उच्च अदालत पोखरामै छौं, पुनरावेदन निवेदन दर्ताको प्रक्रियामा छ’, वाग्लेले नेपालखबरसँग भने। शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गरिएको छ।

यस्तै जिल्ला अदालतले थुनामा पठाउने आदेश दिँदा आधार मानेका विषयमा पनि उनी पक्षका कानुन व्यवसायीले प्रश्न उठाएका छन्। पीडितकै कुरा बाझिएको, उमेर ढाँटिएको र घरबेटी र उनीसँगै सुतेका व्यक्तिको बयानले पनि बलात्कार नभएको पुष्टि गर्ने निवेदनमा जिकिर छ।

जाहेरी ढिलो पर्नु, घटना भएको भनिएको लामो समयसम्म पनि उनीहरु सँगै काम गर्नु, घुमफिर गर्नु लगायत विषयले बलात्कार नभएको पुष्टि गर्ने पुनरावेदन निवेदनमा दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित