Khabar Samachar

अत्याधिक मतले जिताउनुभयो भने रामचन्द्र पौडेल प्रधानमन्त्री हुने सम्भावना छ: प्रचण्ड

204
VIEWS

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको चुनावी सभामा पुगेका प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताएका हुन् ।

आज उक्त क्षेत्रमा भएको चुनावी सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले भने, ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ, एकचोटी यो देशको कार्यकारीको ठाउँमा पुग्ने इच्छा छ। त्यसकारण तपाईंहरूले ढुक्कसँग उहाँलाई अत्याधिक मतले जिताउनुभयो भने त्यो सम्भावना बढ्यो-बढ्यो-बढ्यो।’

तर थौरै मतान्तरले जिताएमा प्रधानमन्त्रीमा अघि सार्न गाह्रो पर्ने प्रचण्डको भनाइ थियो। ‘यो अवसर गुम्न नदिनुहोला,’ उनले भने।प्रचण्ड गोरखा २ मा उम्मेदवार छन्। उनले आफू गोरखामा, पौडेल तनहुँमा र लमजुङमा देव गुरूङ चुनाव उठेकोले मिलेर यस क्षेत्रलाई एकीकृत ढंगले विकासको गति दिन सकिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित