Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट, विप्लवका दुई कार्यकर्ता घाइते

206
VIEWS

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर जनस्वास्थ्य कार्यालय नजिकै एउटा घरमा विस्फाेट हुँदा दुई जना घाइते भएका छन् । विस्फाेटमा विप्लव नेतृत्वको नेकपाका कार्यकता डिल्ली बिसीसहित दुई जना घाइते भएका छन् ।

घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो । स्थानीयले अर्को बम देखिएको र डिस्पोजका लागि सेना आएको बताएका छन् । वुधबार साँझको समयमा स्थानीय दिवाकरविक्रम मल्लको घरमा सो घटना भएको हो ।

 

उनकाअनुसार कोठाभित्र बम बनाउँदै गर्दा प्रहरीले थाहा पाएपछि हतपत भाग्न खोज्दा प्रेसर कुकर बम विष्फोट भएको थियो। सो क्रममा क्षेत्री र धर्म बडुवाल घाइते भएका छन्। बडुवालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सो घटनामा २ जनालाई पक्राउ गरिएको छ । विस्फोटपछि थप दुई कुकर बम पनि फेला परेका छन् । स्थानीयका अनुसार केहीसमय यता सो घरमा विप्लव निकट कार्यकर्ता बस्दै आएका थिए ।

निर्वाचन बहिष्कार घोषणा गरेका सो पार्टीले मंगलबार पनि चुनाव विथोल्ने घोषणा गरेको थियो । नेता प्रकाण्डले चुनाव जनताका लागि नभएकोले जसरी पनि बहिष्कार गर्न नेता कार्यकर्तालाई बुटवलमा निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित