Skip to main content

Khabar Samachar

Search
Close this search box.

ओस्कार अवार्डमा थप्पड हान्ने विल स्मिथले माफी मागे

201
VIEWS

ओस्कार अवार्ड समारोहमा होस्टलाई थप्पड हानेका अभिनेता विल स्मिथले सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् । आफूले सीमाभन्दा बाहिर गएर सो हर्कत गरेको उनको स्वीकारोक्ति छ ।

एक विज्ञप्ति जारी गरी स्मिथले भनेका छन्, ‘म तपाईं क्रिस रकसमक्ष सार्वजनिकरूपमा क्षमायाचना गर्न चाहन्छु । म सीमाभन्दा बाहिर गएको थिएँ र म गलत थिएँ ।’

लस एञ्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा आफ्नी श्रीमतीमाथि मजाक गरेको भन्दै स्मिथले कार्यक्रमका होस्ट क्रिस रकलाई स्टेजमै जोडदार थप्पड हानेका थिए । रकले कुनै प्रतिवाद गरेका थिएनन् । पछि सर्वोत्कृष्ट अभिनेताका अवार्ड जितेपछि स्मिथले रकको नाम नलिइकन घटनाका लागि दु:ख व्यक्त गरेका थिए ।

सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि स्मिथले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

इन्स्टाग्राममा लेखेको स्टाटसमा उनले भनेका छन्, ‘सबैप्रकारका हिंसाहरु विषाक्त र ध्वंसात्मक हुन्छन् । हिजो राति एकेडेमी अवार्डमा मेरो व्यवहार अस्वीकार्य र माफीयोग्य समेत थिएन । श्रीमतीको स्वास्थ्यसँग जोडिएको विषयमा मजाक गर्दा म आवेशमा आएको थिएँ ।’

स्मिथले एकेडेमी अवार्ड आयोजकसँग पनि क्षमा मागेका छन् ।

यता, स्मिथको कुटाइ खाएका कमेडीयन रक भने उक्त घटनालाई लिएर कतै उजुरी गर्ने मुडमा छैनन् । लस एन्जेलस प्रहरीले यस विषयमा उनीसँग कुराकानी गर्दा उजुरी नगर्ने बताए ।

लस एन्जेलस पुलिस डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एकेडेमी अवार्ड कार्यक्रममा दुई व्यक्तिहरुबीच भएको घटनाबारे प्रहरी जानकार छ । उक्त घटनामा पीडित पक्षले प्रहरीमा रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको छ । यदि पछि उजुरी दर्ता गर्न आएमा हामी यसलाई छानविनको विषय बनाउन सक्छौं ।’

कमेडीयनले भने एक विज्ञप्तिमार्फत घटनामा आफ्नै गल्ती रहेको बताएका छन् । उनले विल स्मिथ र उनकी पत्नीप्रति दु:ख व्यक्त गरेका
उनले भनेका छन्, ‘कमेडीयनका रूपमा प्रस्तुति दिँदै गर्दा कतिबेला आफ्नो सीमा तोडिएको हुन्छ भन्ने भेउ पाइँदैन । त्यो राति मैले आफ्नो सीमा तोडेँ र त्यसबापत महंगो मूल्य चुकाएँ । कमेडीको अर्थ मानिसहरूको पीडामाथि मजाक बनाउनु होइन । म मेरा मित्र विल स्मिथ र जाडा पिन्केट स्मिथसँग क्षमायाचना गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित