Khabar Samachar

ओस्कार अवार्डमा थप्पड हान्ने विल स्मिथले माफी मागे

200
VIEWS

ओस्कार अवार्ड समारोहमा होस्टलाई थप्पड हानेका अभिनेता विल स्मिथले सार्वजनिकरूपमा क्षमायाचना गरेका छन् । आफूले सीमाभन्दा बाहिर गएर सो हर्कत गरेको उनको स्वीकारोक्ति छ ।

एक विज्ञप्ति जारी गरी स्मिथले भनेका छन्, ‘म तपाईं क्रिस रकसमक्ष सार्वजनिकरूपमा क्षमायाचना गर्न चाहन्छु । म सीमाभन्दा बाहिर गएको थिएँ र म गलत थिएँ ।’

लस एञ्जेलसमा भएको ओस्कार अवार्ड समारोहमा आफ्नी श्रीमतीमाथि मजाक गरेको भन्दै स्मिथले कार्यक्रमका होस्ट क्रिस रकलाई स्टेजमै जोडदार थप्पड हानेका थिए । रकले कुनै प्रतिवाद गरेका थिएनन् । पछि सर्वोत्कृष्ट अभिनेताका अवार्ड जितेपछि स्मिथले रकको नाम नलिइकन घटनाका लागि दु:ख व्यक्त गरेका थिए ।

सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि स्मिथले विज्ञप्ति जारी गरी माफी मागेका हुन् ।

इन्स्टाग्राममा लेखेको स्टाटसमा उनले भनेका छन्, ‘सबैप्रकारका हिंसाहरु विषाक्त र ध्वंसात्मक हुन्छन् । हिजो राति एकेडेमी अवार्डमा मेरो व्यवहार अस्वीकार्य र माफीयोग्य समेत थिएन । श्रीमतीको स्वास्थ्यसँग जोडिएको विषयमा मजाक गर्दा म आवेशमा आएको थिएँ ।’

स्मिथले एकेडेमी अवार्ड आयोजकसँग पनि क्षमा मागेका छन् ।

यता, स्मिथको कुटाइ खाएका कमेडीयन रक भने उक्त घटनालाई लिएर कतै उजुरी गर्ने मुडमा छैनन् । लस एन्जेलस प्रहरीले यस विषयमा उनीसँग कुराकानी गर्दा उजुरी नगर्ने बताए ।

लस एन्जेलस पुलिस डिपार्टमेन्टले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एकेडेमी अवार्ड कार्यक्रममा दुई व्यक्तिहरुबीच भएको घटनाबारे प्रहरी जानकार छ । उक्त घटनामा पीडित पक्षले प्रहरीमा रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको छ । यदि पछि उजुरी दर्ता गर्न आएमा हामी यसलाई छानविनको विषय बनाउन सक्छौं ।’

कमेडीयनले भने एक विज्ञप्तिमार्फत घटनामा आफ्नै गल्ती रहेको बताएका छन् । उनले विल स्मिथ र उनकी पत्नीप्रति दु:ख व्यक्त गरेका
उनले भनेका छन्, ‘कमेडीयनका रूपमा प्रस्तुति दिँदै गर्दा कतिबेला आफ्नो सीमा तोडिएको हुन्छ भन्ने भेउ पाइँदैन । त्यो राति मैले आफ्नो सीमा तोडेँ र त्यसबापत महंगो मूल्य चुकाएँ । कमेडीको अर्थ मानिसहरूको पीडामाथि मजाक बनाउनु होइन । म मेरा मित्र विल स्मिथ र जाडा पिन्केट स्मिथसँग क्षमायाचना गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित