Khabar Samachar

जर्मनी र स्पेन बराबरी

204
VIEWS

विश्वकप फुटबलको आफ्नो निर्णायक खेलमा जर्मनीले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा जर्मनीले स्पेनसँग १–१ गोलको बराबरी खेलेको हो ।

अल बायत रंगशालामा भएको खेलमा स्पेनले सुरुवाती अग्रता बनाएको थियो । स्पेनका लागि आल्भारो मोराटाले खेलको ६२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ८३औं मिनेटमा निल्कास फुल्करुगले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए । आजको खेलमा बराबरी खेलेसँगै समूह ई को स्पेनले दुई खेलबाट ४ अंक जोडेको छ । यता जर्मनीले दुई खेलबाट १ अंक जोडेर अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित