Khabar Samachar

Search
Close this search box.

ओलीको टिप्पणी- अमेरिकी फ्रिडम पार्टीको दुरुस्त आकारको घण्टी यहाँ पनि लिएर आए

210
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको फ्रिडम पार्टीको घण्टी जस्ताको तस्तै लिएको आएको टिप्पणी गरेका छन् ।

नवनिर्वाचित एमाले अध्यक्ष ओलीलाई राष्ट्रिय जनसांस्कृतिक महासंघको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘संयोग नै होला अमेरिकामा एउटा फ्रिडम पार्टी छ । त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको घण्टी उहाँ पनि लिएर आएका छन् । तर, त्यो अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुम्प फुल्यो । केही त होला । त्यतापट्टि पनि धेरै नजाऔँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित