Khabar Samachar

उपचारका लागि माओवादी केन्द्रका नेता वर्षमान पुन चीन प्रस्थान

222
VIEWS

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन  उपचारका लागि चीन प्रस्थान गरेका छन्। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ फ्लाई दुबइको उडानबाट चीन उडेका हुन्।

चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल-चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन्। पुनका साथमा पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् । नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ।

एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो। चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्यधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित