Khabar Samachar

फ्रान्स क्वाटरफाइनलमा, एम्बाप्पेको दुई गोल

211
VIEWS

पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै ओलिभरले एक गोल गरे । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काए ।  खेलको ४४ औं मिनेटमा ओलिभर जिरुले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । जिरुको यो फ्रान्सका लागि कीर्तिमानी गोल हो । उनले फ्रान्स राष्ट्रिय टोलीका लागि हालसम्मकै सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।  उनले फ्रान्सका लागि ५२ गोल गरे । उनी अघि थिएरी हेनरीको नाममा सर्वाधिक ५१ गोल गर्ने खेलाडीको कीर्तिमान थियो ।
फ्रान्सका लागि खेलको ७४औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–० गोलको अग्रता दिलाए ।

खेलका इन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलसँगै जित नजिक लिए ।  खेलको इन्जुरी समयमा नै लेवान्डोस्कीले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए पनिट पोल्यान्ड ३–१ गोलले पराजित भयो ।

अब फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित