Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार

239
VIEWS

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको बाटो छेक्न बसेका नेपाल बार एसोसिएसनका वकिलहरूमाथि जुत्ता प्रहार भएको छ । प्रधानन्यायाधीशको समर्थनमा उत्रिएकी अभियन्ता तारा बरालले वकिलहरूलाई जुत्ता हानेकी हुन् ।

आज प्रधानन्यायाधीश राणाले कार्यालय फर्किने तयारी गरेपछि बारको निर्णयअनुसार वकिलहरू धर्ना दिन सर्वोच्च परिसरमा धर्ना दिइरहेका छन् ।

अभियन्ता बराल दिउँसो तीन बजेतिर धर्ना स्थलमा आएर वकिलहरूको विरोध गरिरहेकी थिइन् । यसै क्रममा उनले उत्तेजित हुँदै आफूले लगाइरहेको जुत्ता फुकालेर वकिलको समूहमाथि प्रहार गरेकी हुन् ।

सर्वोच्चमा खटिएका सुरक्षाकर्मीले तत्काल उनलाई पक्राउ गरी भ्यानमा हालेर लगेका छन् । उनको जुत्ता सर्वोच्चभित्र फ्याँकिएको छ । तारा बराल एउटा जुत्तामा छिन् ।

धुर्मुस सुन्तलीले चितवनमा निर्माण गरेको क्रिकेट रंगशालाविरुद्ध बोलेर बराल सामाजिक सञ्जालमा भाइरल भएकी थिइन् । पछिल्लो समय एमसीसी खारेज गर्नुपर्ने लगायतका माग राखेर उनी आमरण अनसन बसिन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको पक्षमा यसअघि पनि उनले सर्वोच्चको गेटमा एकल प्रदर्शन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित