Khabar Samachar

इङ्ल्यान्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

209
VIEWS

इङ्ल्यान्डलाई २–१ गोलकाे नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल प्रवेश गरेको छ ।

अल बायट रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन अउरेलिन चोआमेनी र आलिभर जिरुडले गोल गरे ।

खेलको १७औं मिनेटमा चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा लिएको अग्रता बचाउन नसक्दा ह्यारि केनले ५४औं मिनेटमा पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।

चोआमेनीले वेलिङघामलाई फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै केनले बराबरी गोल फर्काएका थिए ।

जिरुडले ७८औं मिनेटमा एनटोनी ग्रिजमेनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

कप्तान केन ८४औं मिनेटमा पेनाल्टिमा चुक्दा इङल्यान्ले खेलमा फर्किने मौका खेर फालेको थियो ।

फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । यसअघि मोरक्को पोर्चुगललाई १–० गोलको नतिजमा पराजित गर्दै अन्तिम ४ मा पुगेको थियो ।

यससँगै विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अर्को सेमिफाइनलमा अर्जेज्टिना र साविक उपविजेता क्रोएसिया प्रतिस्पर्धा गर्नेछन् ।

रुसमा भएको विश्वकप २०१८मा तेस्रो स्थानको प्लेअफमा बेल्जियमसँग २–० गोलको नतिजामा पराजित भएको थियो । भने, २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । फ्रान्स लगातार दोस्रो पटक अन्तिम ४ मा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित