Khabar Samachar

निगमका सबै क्याविन क्रुको करार नवीकरण गर्ने सहमति,रोकिएका उडान खुल्यो 

201
VIEWS

नेपाल वायुसेवा निगमले करारमा कार्यरत सबै क्याविन क्रुको करार नविकरण गर्ने भएको छ । आज निगमको व्यवस्थापन र क्याविन क्रुबीच भएको छलफलमा करार नविकरण गर्ने र आजैबाट उडान सुचारु गर्ने गरी सहमति भएको निगम स्रोतले जनाएको छ ।

व्यवस्थापनले ५० वर्षको बढुवाको सिफारिस पनि निगम सञ्चालकसमक्ष लगिसकेको बताएको छ । स्रोतका अनुसार क्याबिन क्रुको माग पुरा गर्ने गरी मौखिक सहमति भएको छ ।

करारमा रहेर १५ वर्ष सेवा गरेका दुई जना विमान परिचारिका (आरती महर्जन र स्मिता गुवाजु) लाई बीना कारण सेवामा निरन्तरता नदिएको भन्दै क्याबिन क्रुहरूले बुधबार (हिजो) देखि नै विरोध गरेका थिए।

नेपाल वायुसेवा क्याबिन क्रु संघले पनि व्यवस्थापनको निकट व्यक्तिहरूको राम्रो सेवा सुविधा सहितको करार नविकरण गराइएको आरोप लगाएको थियाे।

हिजोबाटै उडान बन्द गरेर आन्दोलित बनेका नेपाल वायू सेवा निगम क्याविन क्रु संघले आजै विहान मात्र विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभएसम्म उडान नगर्ने जनाएको थियो । निगममा १५० भन्दा बढी क्याबिन क्रु कार्यरत रहेका छन् । क्याबिन क्रुमा काम गर्ने सबै करारकै हुने व्यवस्था रहेको ती अधिकारीले बताए ।

संघले बिहीबार विज्ञप्ति निकाल्दै व्यवस्थापनको चरम लापरवाहीले तीन महिनाअघि नविकरण हुनुपर्ने करार नविकरण नाम तथा क्याबिन क्रु आइडी कार्ड अन्तिम समयसम्म नविकरण नगराई उडाइएको बताएको छ।

त्यस्तै ओएमए ९.८ अनुसार महिनाको अधिकतम सय घण्टा मात्र उड्न पाउने व्यवस्था भएतापनि रातदिन उडान गराइएको र यसले गर्दा क्याबिन क्रुहरू थकान भइ बिरामी पर्न गएकाले उडान असमर्थ भएको समेत बताएका थिए।

जसकारण बुधबार र बिहीबार समयमै उडान हुन सकेन। यात्रुहरू अलपत्र परे। बुधबार बिहान पौने दुई बजे निगमको दिल्ली उडान तालिका थियो। तर हडतालका कारण बेलुका पाँच बजे मात्र उडान भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए।

वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनको निकटको चाहि नविकरण गरिदिएको र बाँकी अरुको नबिकरण नगरी काममा लगाएको आरोप छ ।

व्यवस्थापनको चरम लापरवाहीका कारण तिन महिना पहिला हुनुपर्ने नविकरण तथा क्याविन क्रु आइडिकार्ड अन्तिम समयसम्म नविकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओ एम ए ९.८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सो भन्दा बढी उडाइएकाले सम्पुर्ण क्याविन क्रु थकान भइ विरामी पर्न गएको उनीहरुको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित