Skip to main content

Khabar Samachar

Search
Close this search box.

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्का

203
VIEWS

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा निवास ऐरी १८ वर्षदेखि पत्रकारितामा छन् । पत्रकारितामा एमफिल गरेका ऐरी डडेल्धुरा शान्ति समाजको संयोजक समेत भएका थिए ।

त्यस्तै श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्का नियुक्त भएकी छिन् । उनी नेपाल पत्रकार महासंघकी पूर्व सचिव समेत हुन् । खड्का प्रेस सेन्टरमा आवद्ध रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित