Khabar Samachar

धोबिखोला सेतोपुल नजिकैको फोहोरमा सालनानसहित शिशु मृत भेटिए

222
VIEWS

धोबिखोला सेतोपुल नजिकैको फोहोरमा सालनानसहित शिशु मृत भेटिएको छ ।दिन पुगेर बच्चा जन्माएर त्यहाँ फालिएको अवस्थामा प्रहरीले मृत शिशुलाई फेला पारेको हो । अहिले महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मिनबहादुर कुँवर क्षेत्री घटनास्थलमा छन् । बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । रातो पछ्यौराले छोपिएको अवस्थामा फोहोरको डंगुरमाथि नवजात शिशुको शव फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित