Khabar Samachar

स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन एकताबद्ध

204
VIEWS

सत्तारुढ दल आगामी स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एकताबद्ध भएर स्थानीय चुनावमा जाने सहमति भएको हो । बैठकपछि पत्रकारसित कुरा गर्दै कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले ५ दलीय गठबन्धनले स्थानीय तह चुनावमा तालमेल गरेर जाने बताए ।

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालका अनुसार महानगरमा तालमेल र उम्मेदवारको टुंगो केन्द्रले गरेर अन्यमा तल्ला कमिटीलाई निर्णय अधिकार दिने सहमति भएको बताए।

‘सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ’, खनालले भने, ‘महानगरको निर्णय माथिबाट र अन्यका लागि तलै निर्णय गर्न दिने गरी सबै दल सहमत भएका छन्।’खनालका अनुसार सत्तारुढ दलको निर्वाचन संयन्त्र बनाउने बाँकी प्रक्रियाबारे फेरि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित