Khabar Samachar

अवस्था भयावह छ, कसैलाई जीवितै भेट्ने सम्भावना छैन – प्रमुख जिल्ला अधिकारी

202
VIEWS

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले विमान दुर्घटना भएको स्थानबाट कसैलाई जीवित उद्धार गर्ने सम्भावना करीब सकिएको बताएका छन् । उनले अझैपनि उद्धार कार्य जारी रहेको तर कसैलाई पनि जिवित भेट्न नसकिएको  जानकारी दिए । ‘हालसम्म २०–२२ जनाको शव निकालिएको छ । आगलागी नियन्त्रणमा आएको छ तर तल विमान नदीको खोँचमा खसेका कारण उद्दारमा कठीनाइ भएको छ’, उनले भने, ‘ अवस्था भयावह छ । कसैलाई जिवित उद्धार गर्न सकिने सम्भावना देखिएको छैन । त्यै पनि हामी लागिपरेकै छौँ ।’उनका अनुसार सेती नदीको निकै तल खोँचमा विमान खसेको छ । दुर्घटनाको खबर पाएसँगै द्रुतगतिमा उद्धार गरिएपनि अहिलेसम्म कसैलाई जीवित उद्धार गर्न नसकिएको केसीको भनाइ छ । घटनास्थलबाट केसीले भने, ‘कुनै पनि जिउँदो भएको जस्तो छैन । त्यै पनि जिउँदो निकाल्न सकिन्छ कि भनेर हामी लागिपरेका छौँ । अहिलेसम्म जीवितै वा घाइते अवस्थामा निकाल्न सकिएला कि भनेर लागेको तर सकिएन । सेती नदीको खोँच हो हामी यही आइपुगेका छौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भए लगतै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

दुर्घटनाप्रति प्रचण्डले दुख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित