Khabar Samachar

Search
Close this search box.

शपथ लिएपछि राप्रपाका मन्त्रीहरु पशुपतिनाथ पुगे

204
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन् । शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिको दर्शनका लागि हिँडेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
पशुपतिको दर्शनपछि मन्त्रीहरु सिंहदरबारमा पदभार ग्रहणका लागि पुग्ने उनको भनाइ छ । राप्रपाबाट लिङ्देनसहित ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे मन्त्री बनेका छन् भने दीपक सिंह राज्यमन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित