एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । गृह मन्त्रालय पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने कि नदिने भन्ने विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच विवाद बढेको छ । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने खोजे पनि नेकपा एमालेले रास्वपालाई नै दिन दबाव दिंदै आएको छ । रास्वपाले पनि आफूले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।आजै बिहान प्रधानमन्त्री प्रचण्डसँग राप्रपाका अध्यक्ष एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले पनि भेटवार्ता गरेका छन् ।
भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।
Discussion about this post