Khabar Samachar

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीबाट उर्मिला अर्यालले उम्मेदवारी दिँदै

202
VIEWS

राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य उर्मिला अर्यालले उम्मेदवारी दिँदैछिन्।

आज गठबन्धनको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी अर्यालले कांग्रेससहित अन्य दलहरूलाई पनि सहयोग गर्न आग्रह गरेको बताइन् । अर्यालले भनिन् आफ्नो तर्फबाट सबै दलसँग सहयोग मागेकी छु । अब काग्रेसले सहयोग गर्छ गर्दैन उसको विषय भयो। सर्वसम्मत बनाउन सबै दललाई मैले अनुरोध गरेकी छु ।

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेपछि उनी सम्भवत: निर्विरोध निर्वाचित हुने सम्भवना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित