Khabar Samachar

उच्चस्तरीय संयन्त्रको बैठक भोलि ९ बजे बस्ने

210
VIEWS

सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने भएको छ। बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तापछि शुक्रबार बिहानसम्मलाई सरेको हो।

दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल भएको थियो ।

बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा बसेका थिए ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित