Khabar Samachar

राष्ट्रियतामाथि चौतर्फी आक्रमण भइरहेको छ : मन्त्री लिङ्देन

205
VIEWS

उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले राष्ट्रियतामाथि आक्रमण भइरहेको बताएका छन् । शनिवारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालको निर्णायकत्व नेपालीको हातमा नभएको कुरा शीर्ष नेताहरुले बताउँदै आएको भन्दै अबको विद्यार्थी संगठनले त्यसमा खबरदारी गर्न सक्नुपर्ने बताए।

उनले विद्यार्थीहरु राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्ने उल्लेख गरे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन गुण्डा उत्पादन, हुल्लड अनुशासन हीन उत्पादन गर्ने संगठन नभइ देशभक्त उत्पादन गर्ने संगठन भएको बताए।

उनले भने, ‘आज चौतर्र्फी रुपमा हाम्रो राष्ट्रियतामाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको छ भनेर राजेन्द्र लिङदेनले होइन, ठूला पार्टीका नेताहरुले भन्ने गरेका छन् । नेपालको निर्णायकत्व नेपालीको हातमा छैन भनेर कहिले काहीँ तपाईंले सुन्नुभएको छ । त्यो चिजप्रति खबरदारी गर्न सक्नुपर्छ । हामीले यो विद्यार्थी संगठन सशक्त रुपमा अघि बढोस् भन्ने चाहना छ । विद्यार्थीहरुमा राष्ट्रिय भावना, चेतको विकास गर्ने काममा लाग्नुपर्छ । यो गुण्डा उत्पादन, हुल्लर अनुशासनहिन उत्पादन गर्ने संगठन होइन, यो देशभक्त उत्पादन गर्ने संगठन गर्ने हो । यो संगठका व्यक्ति एक्लो उभिन तयार छ, देशको बारेमा कसैसँग सम्झौता गर्दैन ।’

मन्त्री लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठनको अध्यक्ष मास्टर अध्ययनरत विद्यार्थी हुनुपर्ने भन्दै संगठनको महाधिवेशन थाल्न विद्यार्थी नेताहरुलाई आग्रह गरे । उनले विद्यार्थी नेताहरु स्थानीय तहदेखि प्रदेश र संघमै निर्वाचन लड्ने भएपनि पार्टीले सहयोग गर्न तयार रहेको तर त्यसका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए । उनले काठमाडौं केन्द्रित राजनीति गरेर मात्रै नेता नहुने जिकिर गरे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य हुँ भन्नेलाई अनुशासनहीन हुने छुट नरहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन विश्वविद्यालयका प्राध्यापकहरुलाई कालोमोसो दल्ने र ताल्चा लगाउने संगठन नहुने बताए ।

उनले आफ्नो पार्टीले देशको बारेमा कसैसँग सम्झौता नगर्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित