चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० मा उपनिर्वाचन गरिने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० गते आइतबार गर्ने गरी उपनिर्वाचनको मिति घोषणा गरेको हो ।यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।रास्वपाले यस क्षेत्रमा उपनिर्वाचनको मिति चाँडो तोक्न दबाब दिँदै आएको छ ।
Discussion about this post