आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए।
संकटकाल घोषणापछि लगाइएको कर्फ्यूकै बीच भएका प्रदर्शनपछि आइतबार राति सबै मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएको बीबीसीमा उल्लेख छ।
Discussion about this post