Khabar Samachar

Search
Close this search box.

रास्वपाद्वारा ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता

203
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ढाकाकुमार श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको छ।

अडिओ प्रकरणमा मुछिएपछि ढाकालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको रास्वपाले बिहीबार उनी सांसद पनि नरहेको लिखित जानकारी संसद् सचिवालयलाई गराएको हो।

रास्वपाले श्रेष्ठ सांसद नरहेको पत्र संसद् सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले पुष्टि गरे।

‘तर उनको कारबाहीबारे केही कानुनी प्रश्न रहेकाले कानुनी रूपमा निरुपण नगरी प्रक्रिया अघि बढ्दैन’, नेपालखबरसँग अधिकारीले भने।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ आइतबार सार्वजनिक भएपछि रास्वपाले ढाकालाई कारबाही गरेको हो। अडिओमा उनले पार्टी सभापति रवि लामिछानेको ‘कोर टिम’ले आफूलाई मन्त्री बन्ने भए अढाई करोड रुपैयाँसम्म पैसा मागेको भन्दै त्यो व्यवस्था गरिदिन प्रसाईंसँग अनुरोध गरेका छन्।

यद्यपि श्रेष्ठले एकातिर त्यो एडिटेड अडिओ भएको दाबी गरेका छन् भने अर्कातिर कोर टिम सार्वजनिक गर्ने चेतावनी पनि दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित