Skip to main content

Khabar Samachar

Search
Close this search box.

पशुपति सरसफाइ अभियानमा वायुसेवा निगमको साथ

205
VIEWS

संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले सुरु गरेको तीन महिने पशुपति सरसफाइ अभियान अन्तर्गत आज पनि सरसफाइ गरिएको छ । ‘स्वच्छ पशुपति, सफा पशुपति र हराभरा पशुपति’ भन्ने मूल नारासहित सुरु गरिएको यस अभियानमा नेपाल वायुसेवा निगमले पनि साथ दिएको छ । अभियान अन्तर्गत वायुसेवा निगमले पाशुपत क्षेत्रमा वृक्षारोपण गरेको हो । आजको वृक्षारोपण कार्यक्रममा मन्त्री सुदन किराँती सहित निगमका कर्मचारीको उपस्थिति थियो । अभियानमा मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारी, अभियन्ता, नागरिक समाजसञ्चार कर्मी लगायतको समेत सहभागिता थियो । वायुसेवा निगमले पनि सफाइ अभियानमा निरन्तर सहभागिता जनाउँदै आइरहेको छ । हिन्दुहरूको आस्थाको केन्द्र पवित्र पाशुपत क्षेत्रलाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्यले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिवार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित