Khabar Samachar

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ सहित ३२ बिरुद्ध अनुसन्धान प्रतिवेदन

203
VIEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ परेका १६ र थप १६ सहित ३२ जना संलग्न रहेको निष्कर्षसहित सोमबार काठमाडौँ सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले करिब २ महिना लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

प्रहरीले ३२ जनामध्ये केहीलाई ठगी, केहीलाई कीर्ते र केहीलाई संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान प्रतिवेदनमा सिफारिस गरेको काठमाडौँ प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए।

यस प्रकरणमा प्रहरीको अनुसन्धान दायरामा परेका ३२ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सरकारी अधिकारी, मन्त्रीहरुसहित कम्तीमा ३२ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो। यद्यपि यस प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेतृ आरजु देउवा, अख्तियार प्रमुख प्रेमकुमार राईसहित केहीलाई भने प्रहरीले अनुसन्धान प्रक्रियामा समेटेको छैन।

यस प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले पक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित